टेस्टि टेस्टि हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट प्रथम

विराटनगर । विराटनगरमा सम्पन्न २७ औं टेस्टि टेस्टि हाजिरिजवाफ प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुल प्रथम भएको छ । विराटनगर जुनियर जेसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागि १८ विद्यालयलाई उछिन्दै एभरेष्ट प्रथम भएको हो ।

प्रतियोगितामा द्धित्तिय सगरमाथा बोर्डिङ स्कुुल र तृतिय बिकेभिएम बोर्डिङ स्कुल भएको छ । प्रथम हुँदै एभरेष्टले नगद १५ हजार सहित प्रमाणपत्र प्राप्त गर्दा द्धित्तिय र तृतिय हुनेले क्रमश नगद १० हजार र ५ हजार प्राप्त गरेका छन् ।

प्रथम एभरेष्ट स्कुलका तर्फबाट विद्यार्थीहरु केसिका श्रेष्ठ, प्रयाग पराजुली, अनिरुद्र सेढाईं र राजुकुमार शाहीको टीम सहभागि रहेको आयोजकले जानकारी दिएको छ ।

हाजिरिजवाफ प्रतियोगिताको ‘क्वीज मास्टर’ को भूमिका सन्देश दास श्रेष्ठले निर्वाह गर्नुभएको थियो भने प्रतियोगिताको प्रमुख आतिथ्यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम भएपछि एभरेष्ट स्कुलका सह प्राचार्य टीएन भण्डारीले संक्षिप्त प्रतिकृया दिँदै एभरेष्टका विद्यार्थीले सबै क्षेत्रमा अब्बल हुनु पर्ने स्कुलको विश्वास रहँदै आएको बताउनुभयो ।

विराटनगर जुनियर जेसिजले हरेक वर्ष यो हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने ५ पटक प्रथम हुँदै सबैभन्दा बढी प्रतियोगिता जित्ने विद्यालय एभरेष्ट भएको छ ।

Back to top button