आज टोपी दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज दशौं अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौंको बसन्तपुरमा राष्ट्रिय पोसाकमा सजिएर सर्वसाधारणहरुले उक्त दिवस मनाएका छन् ।

मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचानु भन्ने नारासहित राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले सांस्कृति र्यालीको आयोजना गरेको थियो ।

यस्तै नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

Back to top button