बागमतीको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्‍त

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा  नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नियुक्‍त हुनुभएको छ ।

आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संवधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यस्तै, ७० प्रदेशसभा सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।

Back to top button