कर्णालीमा माओवादी र एमालेले मुख्यमन्त्रीमा आलोपालो गर्ने

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आलोपालो गर्ने भएका छन्। मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न २ दलबीच समझदारी भएको छ।

केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णाली प्रदेशमा २ दलको बैठकले आलोपालो नेतृत्व गर्ने समझदारी गरेको हो।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे २ वर्षका लागि मुख्यमन्त्री बन्नुहुने छ । त्यसपछिको साढे २ वर्ष नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नुहुने छ ।

यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्री दाबी पेश गर्दैहुनुहुन्छ ।

Back to top button