नेता पुनको स्वास्थ्यमा फेरि समस्या, सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुग्नुभएका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उहाँ केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किनुभएको थियो ।

हिजो रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी हुनुभएका नेता पुन आज लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सक्नुभएन्।

जन्डिस रोगबाट पीडित उहाँको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ अस्पताल भर्ना हुनुभएको हो ।

Back to top button