नेकपा एमालेले जनसंगठनहरुलाई चलायमान बनाउँदै

विराटनगर । नेकपा एमाले मोरङले जनसंगठनहरुलाई चलायमान बनाउने भएको छ ।

नेकपा एमाले मोरङको जनसंगठन समन्वय संयन्त्रको आज मोरङको ग्रामथान स्थित नेताचोकमा बसेको बैठकले बाँकीरहेका अधिवेशनहरुलाई फागुन मसान्तसम्म सम्पन्न गरिसक्न निर्देश गरेको छ । यस्तै यहि माघ २१ गते जनसंगठन सुध्रिढिकरण एक दिवसीय कार्यशाला गर्ने निर्णय बैठकले गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त कार्यशालामा सम्पूर्ण जनसंगठनका जिल्ला पदाधिकारीहरु, पार्टीका जनसंगठनका इन्चार्ज र सहईन्चार्ज, जनसंगठनहरुका केन्द्रिय कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने निर्णय गरेको छ ।

उक्त कार्यशालामा जनसंगठनका प्रमुखहरुले संगठनको वर्तमान अवस्था, कमिटीमा रहेका सदस्यहरुको सम्पूर्ण नामावली र संगठनको भावी योजनासमेत लिखित रुपमा पेश गर्ने निर्णय गरेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख रबिन थापाले बताउनुभयो ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाद साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, जिल्ला प्रचार विभाग प्रमुख सन्तोष वान्तवालगायत जनसंगठनका प्रमुख तथा इन्चार्जहरुको सहभागिता रहेको थियो । नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनहरु कृयाशिल छन् ।

Back to top button