माओवादी केन्द्रले टुंग्यायो मन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रले ४ मन्त्रालय र १ राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसक्नुभएको छ ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने हुनुभएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने हुनुभएको छ ।

माओवादी केन्द्रको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ । तर, कुन मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ ।

राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

Back to top button