सपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरु पशुपति दर्शनमा

काठमाडौं । राष्ट्रपति कार्यालयमा सपथग्रहण गरे लगत्तै राप्रपाका मन्त्रीहरु पशुपति मन्दिर दर्शनका लागि पुग्नुभएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका आुसार पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

श्रेष्ठले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै लेख्नुभएको छ,‘सपथ ग्रहणपछि राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरु दर्शनका लागि भगवान पशुपतिनाथको मन्दिरतर्फ । त्यसपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ ।’

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शनका लागि पुगनुभएको हो ।

Back to top button