महेन्द्र मोरङ क्याम्पसको उत्कृष्ट नतिजाः सामाजिक कार्य स्नातक तेस्रो वर्षमा ९१ प्रतिशत उत्तिर्ण

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसले स्नातक तह अन्तर्गत तेस्रो वर्षको परिक्षामा मानविकी संकायको सामाजिक कार्य विषयमा उत्कृष्ट नतिजा ल्याएको छ ।

२०७८ सालमा भएको परिक्षाको परिक्षाफल प्रकाशित हुँदा महेन्द्र मोरङका ९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको क्याम्पसले जनाएको छ । बीए एस डब्ल्यू विषयका परिक्षा दिएका ९७ जना विद्यार्थी मध्ये ८९ जना विद्यार्थी उत्तिर्ण भएका छन् । ति मध्ये ८१ प्रतिशत विद्यार्थी प्रथम श्रेणीमा र १० प्रतिशत द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् ।

उत्तिर्ण विद्यार्थी मध्ये एलिसा घिमिरेले ७६ दशमलव ४ प्रतिशत प्राप्ताङ्क ल्याउनुभएको छ भने रबिना कार्कीले ७५ दशमलव ९ प्रतिशत अंक ल्याएको मानविकी संकाय सामाजिक कार्य विभागका प्रमुख ढकबहादुर मगरले जानकारी दिनुभयो ।

महेन्द्र मोरङ क्याम्पस त्रिभुवन विह्वविद्यालयबाट सञ्चालित सामाजिक कार्य विषय सेमेस्टर र वार्षीक प्रणालीमा पढाउने एक मात्र क्याम्पस हो ।

उत्कृष्ट नतिजा आएपछि समाजिक कार्यका विषय शिक्षक सुजन बिष्टले यो नतिजाले सरकारी क्याम्पसले पनि गुणस्तरी शिक्षा प्रदान गर्छ पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले गुणस्तरीय शिक्षा दिन अधिकतम प्रयत्न गरेका छौं, परिक्षामा उत्तिर्ण नहुने विद्यार्थी भने नियमित क्याम्पस आउन नसक्नेहरु हुन् ।’

Back to top button