राजेन्द्र लिङ्देनद्धारा ८३ औं पटक रक्तदान

काठमाडौ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा आज उहाँले ८३ औं पटक रक्तदान गर्नुभएको हो ।

लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कयौंपटक रक्तदान गरेको बताउनुभयो ।

‘यो जस्तो पवित्र कार्य अर्को कुनै छैन, अहिलेका युवामा रक्तदान प्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ’ लिङ्देनले भन्नुभयो ।

Back to top button