शेखर समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षको बैठक जारी रहेको छ। आज बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर कोइराला पक्षको बैठक बसिरहेको छ।

सो छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरु सहभागी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो। बैठकमा १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ। बैठकमा सहभागीहरुले सामूहिक धारणा बनाएर अगाडि बढ्न सुझाव दिएका छन्।

संस्थापनइत्तर पक्षले पार्टी भित्र छलफल नगरी एकलौटी ढंगले सभापति शेरबहादुर देउवा अगाडि बढेका कारण सत्ताबाट बाहिरिनु परेको बताउँदै आएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयलाई इतर समूहका नेताहरूले असहमति जनाएका छन्। उनीहरुले कांग्रेस प्रतिपक्षमा बसेर सशक्त आवाज उठाउने र पार्टीलाई चलायमान बनाउनुपर्ने बताउँदै आएका छन्।

Back to top button