नेपालको बहुसांस्कृतिक विशेषता हाम्रो मौलिक पूँजी हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वको शुभकामना दिंदै नेपालको बहुसांस्कृतिक विशेषता मौलिक पूँजी भएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको बताउनुभएको हो । उहाँले एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले ल्होसारजस्ता पर्वले रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्‍धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताउनुभएको छ ।

नेपालको संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो,‘विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ।’

Back to top button