जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाको मृत्यु, ४ जना घाइते

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आज बिहानै भएको आगलागीमा परेर ४ जनाको मृत्यु भएको छ । अरु ४ जना जलेर घाइते भएका छन् ।

तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्नि नियन्त्रकहरु आएका थिए ।

जापानी समाचार समिति क्योडोलेलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले लेखेका छन्, ‘अग्निनियन्त्रकले आगलागी भएको स्थानबाट ४ जनाको शव निकालेको र अरु ४ जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरु अचेत अवस्थामा रहेको र उपचार भइरहेको छ ।’

अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ । आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button