माघ १० देखि हिसान स्पोर्ट्स मीट हुँदै (भिडियोसहित)

विराटनगर । यहि माघ १० गतेदेखि मोरङमा हिसान स्पोर्ट्स मीट हुने भएको छ । हिसान मोरङले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

स्पोर्ट्स मीटमा पुरुष फूटबल, पुरुष तथा महिला भलिबल, पुरुष क्रिकेट, पुरुष बास्केटबल, पुरुष तथा महिला टेबलटेनिस सिङ्गल र डबल खेल हुनेछन् । यस्तै छोटो र लामो दुरीको दौड प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ ।

मोरङका संथागत विद्यालय र कलेज मा पढ्ने कक्षा ११ र १२ का करिब २२ हजार ६ सय विद्यार्थीहरुबाट आन्तरिक प्रतिष्पर्धाबाट छनौट भएर आउने विद्यार्थी खेलाडिले प्रतियोगितामा भाग लिने हिसान मोरङका अध्यक्ष अमित ढकालले बताउनुभयो ।

आयोजकका अनुसार फटबलमा २२ टिमले सहभागिता जनाउने छन् भने भलिबलमा १५ टिमको सहभागिता रहनेछ । विराटनगर– १९ स्थित रंगशालामा क्रिकेटका खेल माघ १० गते सुरु हेनछन् भने फुटबल माघ ९ गते दिउँसो ११ बजेबाट नै सुरु हुने आयोजकले जनाएको छ । यस्तै भलिबल माघ ११ गते सुरु हुने छ ।

टेबल टेनिस प्रतियोगिता कबर्डहलमा हुने जनाएको आयोजकले बास्केटबल कोबास कलेजमा हुने जानकारी दिएको छ । करिब २५ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरेको हिसान मोरङले माघ १६ गते सहिद दिवसको दिन प्रतियोगिताको समापन गरिने जानकारी दिएको छ ।

भिडियोमा पत्रकार सम्मेलन

Back to top button