सुनको मूल्य १ हजारले बढ्यो

काठमाडौं । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ। आज प्रतितोला सुनको मुल्य १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ थियो । आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कायम गरिएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

यस्तै, सुनको मूल्य बढे पनि चाँदीको मूल्‍य भने घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला चाँदीको मूल्य १३ सय ८० तोकिएको छ।

Back to top button