काठमाडौं । नयाँ बानेश्वरमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।
उहाँको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताउनुभयो।
उहाँले भन्नुभयो,‘के कारणले आत्मदाह गरेको हो। हामीले अनुसन्धान गरिरहेका छौं ।’