सदनलाई भूकम्पबारे जानकारी गराउन सांसद पाण्डेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपरान्ह बाजुरा केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

संसद बैठकमा समय माग गर्दै सांसद पाण्डेले भूकम्पले गरेको क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘बाजुराको स्वामिकार्त्तिकमा भूकम्प गएको छ। क्षतिको विवरण आउने क्रममा छ। यसबारे सदनमा जानकारी दिन माग गर्दछु।’

बाजुराको मेलामा केन्द्रविन्‍दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पबाट बाजुरामा २ घर र बझाङमा २ सरकारी भवन भत्किका छन्।

Back to top button