सेयर बजारमा आज सामान्य वृद्धि,कारोबार रकम भने घट्यो

काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ८ दशमलव १५ अंकले वृद्ध भएर २१७३ दशमलव २५ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन हिजो सेयर बजारमा सामान्य करेक्सन आएको थियो। सो दिन २ दशमलव ०५ अंकले बजार ओरालो लागेको थियो। यसदिन २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँमा खरिदबिक्री भयो। हिजो ३ अर्ब ८६ करोड रुपैयाँमा सेयर किनबेच भएको थियो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। फाइनान्स समूहको सूचक सर्वाधिक ३ दशमलव ८८ प्रतिशतले बढ्यो।

यस्तै, म्युचुअल फन्डको २ दशमलव १० प्रतिशतले ओरालो लाग्यो। दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्ष स्थानमा रह‍यो। सो कम्पनीको १२ करोड बढिको सेयर खरिदबिक्री भयो।

Back to top button