भन्सार छलिका सामान बरामद

विराटनगर । मोरङका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याएको ६ लाख भन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ ।

खाध्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरालगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको गाई गोरू गरी करिब अन्दाजी मूल्य ६ लाख ३९ हजार ४० रुपेयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्ररी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक श्रेष्टठले जानकारी दिनुभयो ।

Back to top button