मैत्रीपूर्ण फुटबलको उपाधी स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले जित्यो

विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्भिसेस प्रा.ली.लाई १–शुन्यको गोल अन्तरले पराजित गदै उपाधि जितेको हो । खेलको एक मात्र निर्णायक गोल स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका आशिष लामाले गर्नुभयो ।

प्रतियोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेटा सर्भिसेस प्रा.ली., विराटनगर भन्सार कार्यालय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टीम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सह–सचिव अरविन्द ठाकुरले जानकारी दिनभयो ।

ठाकुरका अनुसार पुरस्कार तथा ट्रफि २६ तारिको दिन वितरण गरिने छ ।

Back to top button