ओखलढुंगाको एक रिसोर्टमा आगलागी हुँदा करोडौंको क्षति

ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को एक रिसोर्टमा आगलागी हुँदा १ करोड भन्दा बढीको क्षति भएको छ ।

हिजो दिउँसो अन्दाजी साढे २ बजे दावा शेर्पाले सञ्चालन गरेको दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

आगलागीबाट काठ र टिनले बनेको २ तले घरसहित भित्र भएको सबै सामाग्री जलेर नष्ट भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक (इङ्पेक्टर) केशव अधिकारीले जानकारी दिनुभयो । रिसोर्ट पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो साँझ ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागी हुनुको कारण भने यकिन नभए तर चुलोबाट सल्किएको हुन सक्ने अनुमान गरिएको छ।

Back to top button