घनश्याम भूसाललाई महासचिव बनाउने एसको तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । एसका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।

यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । चुनावअघि एमाले त्याग्नुभएका भूसाल २९ पुषमा एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो।

Back to top button