अब फ्रेन्चाइज लिगबारे पुनःविचार गरिनेछः अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले यसअघि हुने गरेका फ्रेन्चाइज लिगहरूका बारेमा पुनःविचार गर्ने समय आएको बताउनुभएको छ ।

नेपाल टी–२० लिगमा क्यान नेतृत्वबाट ‘नजानेर गल्ती भएको’ स्वीकार्न र‘त्यो त्रुटि सुधारका लागि मौका माग’ गर्न आयोजित पत्रकारसम्मेलनमा अध्यक्षले अन्य फ्रेन्चाइज लिगबारे पुनःविचार गरिने बताउनुभयो।

उहाँले भन्नुभयो,‘यसअघि हुने गरेका फ्रेन्चाइज लिगहरू–पीपीएल (पोखरा प्रिमियर लिग), ईपीएल (एभरेस्ट प्रिमियर लिग), डीपीएल (धनगढी प्रिमियर लिग)का बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको छ। र, पुनःविचार गरिनेछ।’

अध्यक्ष चन्दले क्यानको नियत कसैलाई पनि बाइपास गरेर अगाडि बढ्ने नभएको बताउनुभएको छ ।

Back to top button