माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। पार्टी अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

स्थायी कमिटी बैठक बिहीबारबाट सुरू भएको हो। आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने जोडमा रहनुभएका अध्यक्ष प्रचण्डले उक्त प्रतिवेदनलाई ‘अनौपरिचक डकुमेन्ट’भन्नुभएको छ।

प्रतिवेदनमा चुनावमा माओवादीले किन कमजोर नतिजा ल्याएको र कांग्रेस नेतृत्वको गठबन्धन छाडेर किन एमालेसँग सत्ता सहकार्य गरेकोलगायत विषय उल्लेख छन्।

अध्यक्ष प्रचण्डले हिजोको बैठकमा राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने ब्रिफिङ गर्नुभएको थियो। उहाँले राष्ट्रिय सहमतिमा जाँदा सत्ता गठबन्धनभित्र अन्डरस्ट्यान्डिङ बिग्रेको समेत नेताहरूले बताएका थिए।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि आज नेताहरुले आ–आफ्नो धारणा राख्नेछन‍्।

Back to top button