
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले पौडेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । लोकगायक भीम पौडेलको स्याङजास्थित घरमा हिजो राति मृत्यु भएको हो।
निमोनियाबाट पीडित पौडेलको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो।