एसईई परीक्षा चैत १७ गतेदेखि सुरु हुने (तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

एसईई चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो।

बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको हो।

Back to top button