रविले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।

Back to top button