राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले उम्मेदवार खडा गर्ने बताउनुभएको छ ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमालेले नै उम्मेदवार खडा गर्ने बताउनुभएको हो ।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरिरहनुभएको उहाँले बताउनुभयो। नेम्वाङले यस विषयमा अन्य दलहरूसँग पनी सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने जिकिर गर्नुभयो।

यस्तै, उहाँले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने टिप्पणी गर्नुभयो।

कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा दिन नहुने उहाँको भनाइ छ। नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताउनुभयो।

Back to top button