पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ ।

मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताउनुभयो। बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। बसमा ४८ यात्रु सवार थिए र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

यस्तै, सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सयभन्दा बढी मानिस मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

Back to top button