एभरेष्टमा वार्षिक स्पोर्ट्स मिट सुरु (भिडियोसहित)

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो ।

२१ गतेदेखि गर्ने तालिका रहेपनि यस वर्ष तीनदिने अभिभावक दिवस मनाउने तयारी भएपछि स्पोर्टस् मिटलाई चरण चरणमा सम्पन्न गर्न लागिएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

उहाँका अनुसार आजदेखि मन्टेश्वरीका विद्यार्थीहरु सहभागि हुने खेलकुदका गतिविधि सुरु भएका हुन् भने यसै साताभित्र कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुको पनि स्पोर्ट्स मिट सम्पन्न हुनेछन् ।

माघ २७ देखि तीन दिन अभिभावक दिवस मनाउने हुँदा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको स्पोर्ट्स मिट भने फागुनको पहिलो साता हुने विद्यालयले जनाएको छ ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेकाले हरेक वर्ष तालिका बनाएर खेलकुद प्रतियोगिताहरु गर्दै आएको एभरेष्टले प्रशिक्षक मार्फत विभिन्न खेलको नियमित प्रशिक्षण कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

Back to top button