
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टीको सांगठनिक गतिविधिका विषयमा छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकले संगठनका विविध विषयमा छलफल भएपनि निष्कर्षमा नपुगेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।
आजको बैठकले स्थायी कमिटी बैठक १८ गने (बुधबार) बस्ने निर्णय गरेको छ।