थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमित संख्या २०

काठमाडौं । थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १ सय ५६ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ सय ८६ र एन्टिजेनबाट ७ सय ७० परीक्षण गर्दा ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २० पुगेको छ।

Back to top button