क्यान बैठक आज बस्दै, सन्दीप लामिछानेबारे छलफल हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बैठक आज बस्ने भएको छ। बैठक पोखरामा बस्ने छ।

क्यानले बैठकका एजेन्डा सार्वजनिक नगरे पनि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै उहाँलाई नेपाली टोलीमा फर्काउने कि नफर्काउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

बलात्कार आरोपित लामिछाने रिहा भएपछि उहाँको अबको भूमिका के भन्ने बारे सर्वत्र चासो छ। यसअघि क्यानले कानूनी प्रावधान अनुसार नै निर्णय लिने जनाएको थियो।

यस्तै, आजको बैठकमा नेपाल टी–२० लिगको समीक्षा हुनेछ।

Back to top button