‘पठान’को कमाइ ६ दिनमा ६ सय करोड

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ले ६ दिनमा ६ सय करोडको आँकडा पार गरेको छ।

ट्रेड एलालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वव्यापी बक्स अफिसमा ६०० करोड आँकडा पार गरेको छ । पठानको विश्वव्यापी कूल संकलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता हो।

पठानले गत आइतबार भारतमा ६० दशमलव ७५ करोड कमाएको थियो। यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८ दशमलव ५ करोड थियो। तर, हिजो फिल्मको कमाइ आधारभन्दा कम भएको छ। तर, संकलन भने राम्रो भइरहेको छ।

ट्रेड एलालिस्ट बालाका अनुसार छेठौं दिन पठानको कमाइ २५ करोड हाराहारी भएको छ। यो सँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ।

शारूखानले आफ्नो कमब्याक फिल्म पठानबाट इतिहासको पानामा गहिरो छाप छाड्नुभएको छ । रिलिज भएदेखि पठानले हरेक दिन नयाँ कीतिमान बनाइरहेको छ।

फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिनुभएको छ भने जोहन भिलेनको भूमिकामा हुनुहुन्छ।

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पार्नुभएको हो ।

Back to top button