सुनको मूल्य घट्यो,चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो।

यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

Back to top button