
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।
दुई नेताबीच बधाई तथा शुभकामना आदान–प्रदान र समसामयीक राजनीतिका बिषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन्। आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आउनुभएको छ ।