
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलीका लागि सरेको छ । आज विहानका लागि बोलाइएको बैठक भोलिका लागि सरेको महासचिव देव गुरुङले जानकारी दिनुभएको हो ।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिकालगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो। यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ।