
विराटनगर । विराटनगर महानगरपालिकाको टोलीले गएराति आकस्मिक क्यासिनोको अनुगमन गरेको छ ।
विराटनगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहितको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित क्यासिनोको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा क्यासिनो सञ्चालनका लागि आवश्यक पर्ने कागजात र क्यासिनोका ग्राहकहरुको परिचयपत्रसमेत हेरेको छ । नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई खेलाउन नपाउने कानुनी व्यवस्था रहेको छ ।
अनुगमनमा दुईवटै क्यासिनोमा खेल्न आउनेमा नेपाली नागरिक नभेटिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।