रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल (सफल)ले आयोगसमक्ष उजुरी दिनुभएको हो ।

निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एवम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेको पुष्टि हुन्छ ।’

अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ ।

गैह्रनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।

Back to top button