२३ बोरा सुर्तीसहित एकजना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ५ स्थित आँपगाछीबाट २३ बोरा सुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २३ बोरा अर्थात अन्दाजी ६ सय ९० किलोग्राम सुर्तीसहित स्थानीय ३३ वर्षीय उसमान शेख मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।  बरामद सुर्ति अन्दाजी मूल्य २ लाख ७ हजार बराबरको रहेको प्रहरीको अनुमान छ ।

पक्राउ परेका मिँया सहित सुर्ति आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button