राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा केन्द्रित हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा राप्रपा मौन देखिएको छ ।

Back to top button