
काठमाडौं । संसद सचिवालयले सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण सञ्चालन गर्ने भएको छ। अभिमुखीकरण आज र भोलि संसद भवन नयाँ बानेश्वमा हुनेछ।
अभिमुखिकरण आज ११ बजेदेखि चार बजेसम्म हुने संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । आज ११ बजे संसद भवनको लोकसेवा हलमा सुरु हुने कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुहुनेछ ।
अभिमुखीकरणमा संविधानसभा अध्यक्ष, पूर्वसभामुखलगायतले संसदीय व्यवस्था, कानून तथा अभ्यासका बारेमा आफ्नो अनुभव आदानप्रदानसहितको अन्तर्क्रिया हुने गिरीले बताउनुभयो ।