
विराटनगर । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्ने बताउनुभयो ।
आफू र प्रधानमन्त्री प्रचण्ड यस विषयमा सहमत रहेको भन्दै उहाँले गृह मन्त्रालयमा कस्लाई पठाउने त्यो रास्वपाले निर्णय गर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने जिज्ञासामा उहाँले यसका लागि पूर्णपाठ नचाहिने बताउनुभयो ।
यस्तै अध्यक्ष ओलीले मध्यावधि चुनाव नहुने बताउनुभयो । सत्तारुढ दलभित्रै खटपट बढेको भन्ने जिज्ञासामा त्यस्तो नभएको केहि केहि बिषयमा छलफल भएको बताउनुभयो ।
नेपाली कांग्रेसका एक नेताले गृह मन्त्रालय पाए सरकारमा आउँछौं भन्दै दिएको अभिव्यक्ति प्रतिको जिज्ञासामा उहाँले कांग्रेसलाई एउटा राज्यमन्त्री दिएपनि सरकारमा आउने टिप्पणी गर्नुभयो ।
(हेरौं भिडियो)