झापामा ट्रकले ट्रकलाई ठक्कर दिदा चालक र सहचालकको मृत्यु

विर्तामोड । झापामा एउटा ट्रकले अर्को ट्रकलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना ३ ख ८३११ नम्बरका चालक सुनसरी जिल्ला रामधुनी नगरपालिका–७ का ४५ वर्षीय मदन चौधरी र सोही ट्रकका सहचालक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक सहचालकको पहिचान भने खुलेको छैन । पूर्वपश्चिम राजमार्गअन्तरगत शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आज बिहान पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको थियो ।

Back to top button