एमाले सम्मिलित सरकारमा कांग्रेस सहभागी हुँदैन : कांग्रेस उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताउनुभएको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री मात्रै पाएपनि सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले यस्ता भ्रमबाट मुक्त हुन आग्रहसमेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘नबोलुँ भनेको फेरि बोल्नैपर्ने भयो। एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा संचारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन। कांग्रेस सहभागी हुँदैन। सबै ढुक्क हुनुस्,यस्ता सबै खाले भ्रमबाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरी छ।’

Back to top button