मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्नुभएको छ ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेटवार्ता जारी छ। मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ।

यस्तै, ३ दिने नेपाल भ्रमणका क्रममा हिजो साँझ आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

Back to top button