राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन समयभित्रै हुन्छः प्रमुख आयुक्त थपलिया

काठमाडौं । असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तय गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने जनाएको छ । निर्वाचन आयोगले भदौ २५ गते र उपराष्ट्रपति पदको निर्वाचन फागुन ३ गते तोकेको छ ।

तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राख्नुभएको छ ।

आज प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मिति तय नहुँदा पनि प्रश्न उठेको र मिति तय भएपछि पनि प्रश्न उठेको बताउनुभयो । अब हामी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्छौं । त्यसपछि प्रश्नचाहिं अन्त्य हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले अब आयोगले कुनै पनि बखत निर्वाचनको मिति तोक्दा प्रश्नै नउठ्ने गरी कानुनको संशोधन गरेर जाने तयारी गरिरहेको समेत बताउनुभयो । संविधान र कानुनका बीचमा केही द्विविधाहरु कायमै रहेको र निर्वाचन आयोग ती द्विविधालाई सम्बोधन गर्दै अघि बढेको थपलियाले बताउनुभएको छ ।

Back to top button