लागतअनुसार तरकारीको मूल्य तोक्न माग गर्दै कृषकको विरोध प्रदर्शनः सडकमै पोखियो तरकारी

चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोक सडकमा तरकारी फालेर विरोध जनाएका छन् ।

भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वललगायतका तरकारी फालेर आन्दोलन गरेका हुन् ।

सरकारले आफूहरुको समस्यालाई नसुनेको भन्दै कृषकहरुले स्वदेशी उत्पादनको प्रवरदनमा सरकारले सहयोगी बन्न नसकेको आरोप लगाए ।

तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले ‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन’ जस्ता नारा लेदिएका प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका छन् ।

लागत अनुसारको तरकारीको मूल्य तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग कृषकहरुको छ । आफुहरुका माग सम्बोधनमा सरकार गम्भिर नभए थप शसक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Back to top button