
काठमाडौं । ‘डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’ वर्ष २०७९ वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ। डा. सुदीप अर्याल स्मृति कोषले स्वर्गीय मनोचिकित्सक डा. अर्यालको स्मृतिमा स्थापित गरेको थियो।
माघ १९ का दिन कोष व्यवस्थापन समितिका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा काठमाडौंमा बसेको कोषको बैठकले १ लाख, ११ हजार १ सय ११ रुपैयाँ राशि दिने निर्णय गरेको हो।