आज मधेश प्रदेश सभाको पाँचौ स्थापना दिवस मनाइँदै

जनकपुर । मधेश प्रदेश सभाले आज पाँचौ स्थापना दिवस मनाउँदै छ ।

स्थापना दिवसको अवसरमा आज प्रदेश सभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै, २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सो अवसरमा प्रत्येक वर्ष माघ १ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।

Back to top button